पटका बरामद

33

काठमाडौं स्याङ्जा । गल्याङ नगरपालिका-१ राम्दीस्थित सिद्धार्थ राजमार्गबाट करिब ४५ हजार रूपैयाँ मूल्य बराबरको विभिन्न किसिमका पटका सोमबार बिहान प्रहरीले बरामद गरेको छ । अस्थायी प्रहरी चौकी राम्दीबाट खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ आउँदै गरेको लु.२ ख ३३६ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा उक्त पटका फेला पारी बरामद गरेको हो ।

मोरङ, रतुवामाई नगरपालिका-७ ठाकुर चोकबाट करिब १ लाख ५ हजार रूपैयाँ मूल्य बराबरको विभिन्न किसिमका पटका सोमबार बिहान प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीलाई देख्नासाथ भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका व्यक्तिले पटका फाली फरार भएपश्चात प्रहरीले उक्त पटका बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here