काठमाडौं । २ वर्षदेखि लगातार नेपाली फुटबलको मेरुदण्ड मानिने सहिद स्मारक ए डिभिजन लिगको निरन्तर स्थगित गरेको विरुद्ध नेपाल फुटबल खेलाडी संघले धर्ना कार्यक्रम गरेको छ ।
सातदोबाटो, ललितपुरस्थित एन्फा मुख्यालयबाहिर उनीहरूले हाम्रो बुट थन्किएका छन्, हाम्रो खेल्ने अधिकार खै ? लगायत विभिन्न नारा लेखिएका प्ले कार्डसहित प्रदर्शन गरेका हुन् ।


















