विराटनगर । माेरङ प्रहरीले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड गर्ने २१ जनालाई पक्राउ गरेकाे छ ।
प्रहरीले विराटनगर र जहदाबाट १० जना, पथरीशनिश्चरेबाट ६ र उर्लाबारीबाट ५ जनालाई पक्राउ गरेको हो ।
तोडफोड र आगजनीमा संलग्न विराटनगर महानगरपालिका–५ का विशाल माल्मिकी, गोपी साह तथा विराटनगर–६ का विष्णु साफी, चन्दन बर्मा, किसन सहनी र विराटनगर–१४ का राकेश यादव रहेका छन् ।
उर्लाबारीबाट उर्लाबारी नगरपालिका–६ का उदय साह, बब्लु सहनी, मिलन राई, राजकुमार सहनी र उर्लाबारी–७ का रविन सुन्दास पक्राउ परेका छन् ।
पथरीबाट पथरीशनिश्चरे नगरपालिका–१ का चन्द्र कार्की, दीपक चौधरी, मुकेश बराइली, विश्वास थापा, सिद्धार्थ राई र मिथुन मण्डल पक्राउ परेका छन् ।
पक्राउ परेकाहरूमाथि आपराधिक उपद्रव मुद्दा चलाउन जिल्ला अदालत मोरङबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेको मोरङ प्रहरी प्रवक्ता कोपिला चुँडालले जानकारी दिइन् ।
जेनजी आन्दोलनका क्रममा मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारी र पथरीमा आगजनी र तोडफोड भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको कार्यालय र प्रहरी बिटहरूमा पनि आगजनी र तोडफोड भएको थियो । सीआरभीको भ्यानमा पनि आगजनी भएको थियो ।


















