काठमाडौं । बाघभैरव जात्राका दिन मात्रै प्रर्दशन गरिने हाथु भैरवको मुर्ति बनाउने अहिले जारी रहेको छ ।
भक्तपुरको थिमी नगरपालिका स्थित कलाकार गणेश प्रजापतिको घरमा बनाउने कार्य दुई बर्षदेखि कार्य भइरहेको अहिले जारी रहेको छ ।
बाधभैरव मुर्ति जिर्णाद्वार समितिका अध्यक्ष शुद्वरत्न महर्जनका अनुसार वि.स. २०७० साल बाघभैरवको मुर्ति जिर्णाद्वारका क्रममा ताम्रापत्र अभिलेख भेट्टाइएको आधारमा बाघभैरव जात्राका दिन स्वर्ण शक्तिभैरव मुर्ति प्रदर्शनका साथै समयबजि र हाथु भैरव मुखबाट थ्व हायेकेगु (प्रसाद) वितरण गरिने चलन रहेको जानकारी गराए ।
उनले मल्लकालकाे पतन सँगै साे संस्कृति बिलिन भएकालेलाई पुर्नउत्थान गराउनका लागि समेत स्थानीयहरूकाे आर्थिक सहभागीतामा अहिले कार्य भइरहेकाे छ । ११ दिनदेखि चन्दा संकलन कार्य भइरहेकाे छ । पाँच हजारभन्दा माथि आर्थिक सहयाेग गर्ने श्रद्वालुभक्तजनहरूकाे नाम शिलापत्रमा उल्लेख गरिने छ ।
हाथु भैरवकाे मुर्ति स्थापना गर्न धातु तथा चन्दा संकलनकाे गरेकाे तस्बिर
आज भन्दा करिब ३ सय २१ बर्ष पहिला अर्थात नेपाल सम्बत ८२३ मा अगाडि प्रदर्शनमा राखिने हाथु भैरवको मुर्ति स्थापना गर्न गुँदे दापा खलःको अग्रसरतामा हाथु भैरवको मुर्ति बनाउनका लागि अहिले बिहान करिब ७ बजेदेखि ९ बजेसम्म धातु संकलन तथा अर्थ कार्य बाघभैरव मन्दिर प्रांगणमा जारी रहेकाे छ ।
करिब ८ फिट अग्लो हुने हाथु द्यः (भैरव) बनाउने कार्यमा पाँच हजार ५००० भन्दा बढि सहयोग गर्ने भक्तजन महानुभावको सिलापत्रमा उल्लेख गरिने भएको छ । हाथु द्यः (भैरव) निर्माणमा सहयताका लागि चन्दा संकलनका साथै साथै धातु संकलन (सुन, चादी) संकलन भइरहेकाे छ ।
आज भन्दा ३ सय २३ बर्ष अघि अर्थात नेपाल संवत् ८२३ मा प्रत्येक बर्ष भाद्र १ गते सिंह संक्रान्ति बाघभैरव जात्राका दिन प्रदर्शन गरि हाथु भैरवको मुखबाट ८४ पाथी चामल को जाँड प्रवाह गरि सम्पुर्ण मा समयबजि प्रसाद बाँड्ने परम्परा अभिलेखेमा गरेकाे थियाे ।
विलुप्त भएको हाथु भैरवकाे नयाँ मूति निर्माण कार्य अनुमानित लाग्ने कुल लागत यस प्रकार छ :-
हाथु भैरवको मुर्तिको अनुमानित कुल लागत रु ५०,००,००० (पचास लाख रुपैयाँ) ।
मुर्ति ढलाईको लागि तामा १०००किलो प्रति किलो रु १५००( का दरले १५००,०००र( पन्ध्र लाख रुपैयाँ।
मुर्तिकारको ज्याला बाहेक (मुर्तिकार गणेश प्रजापति ले सम्पुर्ण कार्य श्रमदान गर्नुभएको छ। मुर्ति निर्माण को लागि अन्य सामान रु ३००,०००.
मुर्ति कताँ कियेगु (कुंड्ने काम) अनुमानित लागत रु ५००,०००र
तामा पाताको गहना रु २००,०००र
(शिरको मतुक)
(काम पास
(छाती को कण्ठी
गहना सुन जलप को लागि ४तोला
बजार मुल्य ९(१० लाख।
समयबजि र जाँड प्रवाह गरि प्रसाद बाँड्न रु १०००,०००र( ९दश लाख रुपैयाँ० को अक्षयकोष।
मुर्ति मा रंग, रत्न सजावट, हिटिमुगः, तामा पाइप, अन्य रु ५००,०००र अक्षर रेपी (पाँच लाख) लागत लाग्ने छ ।
प्राप्त अभिलेख यस्ताे छ ः




















