पत्रकार राजिव खत्री राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश

11

काठमाडौं । पत्रकार राजिव खत्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।

केही दिनअघि न्युज २४ टेलिभिजन छोडेका पत्रकार खत्री रास्वपा प्रवेश गरेका हुन् ।

उनले आफ्नो सामाजिक सञ्जाल मार्फत न्युज २४ सँगको ८ वर्षको यात्रा टुंगिएको जानकारी गराएका छन् । उनले लेखेका छन्, ‘न्यूज २४ टेलिभिजनसँगको ८ वर्षको यात्रा टुंग्याएको छु ।

मलाई साथ, सहयोग, विश्वास र अवसर प्रदान गरिदिनुहुने सम्पूर्ण टेलिभिजन परिवारप्रति हार्दिक आभार प्रकट गर्दछु । मैले जे राम्रो गरे सबैको साथ सहयोगले गरे अनि जे कम्जोरी रहे त्यो मेरा कारणले भए । तपाई दर्शकहरू प्रति विशेष आभार प्रकट गर्दछु, यो साथ र सहयोगका लागि ।’ पत्रकार खत्रीले केही दिनअघि न्युज २४ छोडेका थिए । उनले न्युज २४ टेलिभिजनमा ‘टु द पोइन्ट’ नामक कार्यक्रम सञ्चालन गर्ने गर्दथे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here