प्रधानमन्त्रीको दलाली सुरु भइसकेको आरोप

10

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नयाँ भनिएका दलहरूमा प्रधानमन्त्रीको दलाली सुरु भइसकेको आरोप लगाएका छन् ।

बुधबार राप्रपा नेपालसँगको एकता घोषणा सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो आरोप लगाएका हुन् ।

रास्वपासँग काठमाडौंका मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङको पार्टीसमेतको एकतातर्फ इंकित गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

अघिल्लो दिनसम्म एक अर्कामाथि गाली गरिरहेका पार्टी के कारणले जोडिएको भन्ने नै थाहा नभएको उनको भनाइ थियो ।

‘अब धेरै के आलोचना गर्नु, कसरी जोडिइराखेका छन् । अघिल्लो दिन एकले अर्कालाई के भनेर गाली गरिरहेको थियो ? अर्को दिन के भनेर जोडिए ? जोडिएर के गर्ने भन्ने केही थाहा छैन,’ उनले भने, ‘को कहाँबाट उठ्ने भन्ने थाहा छैन, प्रधानमन्त्रीको दलाली पार्टीभित्र सुरु भइसक्यो ।’

सो क्रममा उनले स्पष्ट विचार बोकेको पार्टी राप्रपा मात्रै रहेको जिकिर गरे । ‘सिद्धान्त के हो ? विचार के हो ? स्पष्ट छैन,’ लिङ्देनले अघि भनेका छन्, ‘यस्तो बेलामा विचारले सुस्पष्ट, अविचलित पार्टी राप्रपा बाहेक को छ ?’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here