एमालेको केन्द्रीय सचिवालय बैठक जारी

18

काठमाडौ‍ं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बसिरहेको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भइरहेको नेताहरुले जनाएका छन् ।

बैठकमा आगामी राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन तथा पार्टीको दोस्रो केन्द्रीय कमिटीको बैठक तयारीबारे पनि छलफल हुने जनाइएको छ ।

एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक यही पुस २७ देखि २९ गतेसम्म काठमाडौंमा बोलाइएको छ ।

राष्ट्रिय सभाको निर्वाचन फागुन ११ गते र प्रतिनिध सभा निर्वाचन फागुन २१ गते हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here