7

काठमाडौँ, माघ ९ गते । सरकारले यस वर्षको नसर्ने रोगको स्क्रिनिङ तथा व्यवस्थापन अभियान तय गरिएको समयभन्दा एक महिना अगावै सञ्चालन गर्ने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वार्षिक कार्यक्रम अनुसार फागुन महिनामा सञ्चालन हुँदै आएको उक्त अभियान यस वर्ष माघ महिनामा नै सञ्चालन गर्ने निर्णय गरेको हो।

फागुन महिनामा आम निर्वाचनको तालिका परेकाले अभियानलाई प्रभावकारी र सहज रूपमा सम्पन्न गर्न समय हेरफेर गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै सबै स्थानीय तहहरूलाई यस सम्बन्धी जानकारी गराउन र आवश्यक समन्वय तथा सहजीकरण गरिदिन अनुरोध गरेको छ।

शाखा अधिकृत पवित्रा ढकालद्वारा हस्ताक्षरित उक्त पत्रमा अभियान सम्पन्न भएपश्चात् प्रत्येक स्थानीय तहले सो सम्बन्धी प्रगति विवरण स्वास्थ्य सेवा विभागमा अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने उल्लेख छ।

नसर्ने रोगको पहिचान मधुमेह, उच्च रक्तचाप, र मिर्गौला सम्बन्धी रोगहरूको समयमै परीक्षण गर्ने ।, ​शारीरिक मापन, शरीरको उचाइ र तौलको अनुपात, जाँच गरी स्वास्थ्य अवस्थाको विश्लेषण गर्ने।,​नसर्ने रोगको समयमै व्यवस्थापन र रोकथामका लागि नागरिकलाई सुसूचित गर्ने उक्त अभियानको उद्देश्य रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here