राष्ट्रिय वाणिज्य बैंकको रक्तदान तथा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

5

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ६१ औँ वार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । मुख्य कार्यक्रम शनिबार हुँदै गर्दा त्यसअघि विभिन्न कार्यक्रम भएका हुन् ।

सो क्रममा रक्तदान तथा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बैंकको केन्द्रीय कार्यालय काठमाडौँ तथा विभिन्न प्रदेशमा रहेका बैंकका प्रादेशिक कार्यालयहरुमा सञ्चालित रक्तदान कार्यक्रममा ४१३ जना रक्तदाताले रक्तदान गरेको  बैंकका सूचना अधिकारी पवन रेग्मीले जानकारी दिए ।

त्यसैगरी बैंकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजामा सञ्चालन गरिएको नि:शुल्क स्वास्थ्य शिविरमा २५० जना कर्मचारीले स्वास्थ्य परीक्षण गरेका छन् । उक्त स्वास्थ्य शिविरमा ललितपुरको सुमेरु अस्पतालका अनुभवी चिकित्सकले बैंकमा कार्यरत कर्मचारीहरूलाई डायबिटिज्, युरिक एसिड तथा आँखा परीक्षण, मृगौला परीक्षण सेवा नि:शुल्क उपलब्ध गराएका थिए ।

साथै भिडियो रेक्सरे लगायतका अन्य स्वास्थ्य परीक्षण सेवा सहुलियतपूर्ण शुल्कमा उपलब्ध गराइएको थियो ।

२०२२ सालमा पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंक माघ १० गते आफ्नो स्थापनाको ६० वर्ष पूरा गरी ६१ औं वर्षमा प्रवेश गर्दैछ ।

बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रमा समेत गरी ३१३ वटा शाखा कार्यालय, ७१ वटा एक्सटेन्सन काउन्टर, ३२२ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङमार्फत आधुनिक बैंकिङ सेवाहरु उपलब्ध गराइरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here