नयाँ नियमावलीको मस्यौदा बनाउन १५ सदस्यीय समिति गठन

16

काठमाडौं । प्रतिनिधिसभाले नयाँ नियमावलीको मस्यौदा बनाउन १५ सदस्यीय समिति गठन गरेको छ । समितिको सभापतिमा रास्वपा सांसद गणेश पराजुली छन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकले नियमावली मस्यौदा समिति गठन गरेको हो । बैठकमा रास्वपाका सांसद कवीन्द्र बुर्लाकोटीले मस्यौदा समिति गठनको प्रस्ताव गरेका थिए ।

पराजुली संयोजक रहेको समितिमा ओजस्वी शेरचन, ऐनबहादुर महर, खगेन्द्र सुनार, खुश्बु ओली, गजला समिम मिकरानी, तपेश्वर यादव, ध्रुवराज राई, निशा डाँगी, निश्कल राई, बलावती शर्मा, मधु चौलागाईं, यज्ञमणि न्यौपाने र रेखाकुमारी यादव सदस्य छन् । Everest cinsult समितिलाई १४ दिनको समय दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here