८ वटा अध्यादेश संसदमा पेस 

13

काठमाडाैं । सरकारले विभिन्न ८ वटा अध्यादेश संसदमा पेस गरेको छ।

प्रतिनिधि सभा र राष्ट्रिय सभामा सरकारका तर्फबाट अध्यादेशहरू पेस भएका हुन्।

सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३, केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३, सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई सशोधन गर्ने अध्यादेश, २०८३ र विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्नेअध्यादेश, २०८३ पेश गरेको हो।

संविधानमा सरकारले संसदको अधिवेशन चालु नरहेको अवस्थामा ल्याएको अध्यादेश संसदको अधिवेशन सुरू भएको पहिलो बैठकमा पेस गर्नुपर्ने व्यवस्था छ।

सरकारले ल्याएको अध्यादेशहरूको अब ६० दिनभित्र प्रतिस्थापन विधेयक ल्याएर स्वीकृत गराउनुपर्ने हुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here