नीति तथा कार्यक्रम कुनै ठट्टाको विषय हाेइन

1

काठमाडौं । काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि संघीय संसद्मा भएको बहसको समय अपर्याप्त भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। मुलुकको आगामी एक वर्षको मार्गचित्र तय गर्ने महत्वपूर्ण दस्तावेजमाथि पर्याप्त छलफल हुनुपर्नेमा सरकारले यसलाई छोटो समयमा सिमित गरेको उनको तर्क छ ।

नेता आङ्देम्बेले विगतमा कम्तिमा तीन दिनसम्म चल्ने यस्तो बहसलाई यसपटक ६ घण्टामा मात्र खुम्च्याइनु दुःखद भएको जनाए । नीति तथा कार्यक्रम कुनै ठट्टाको विषय नभई मुलुकको भविष्यसँग जोडिएको विषय भएकोले यसमा सांसदहरूले विस्तृत रूपमा धारणा राख्न पाउनुपर्ने उनले उल्लेख गरे।

सरकारले नीति तथा कार्यक्रममा ‘डिजिटलाइजेसन’ र प्रविधिको कुरा जोडतोडका साथ उठाए पनि गाउँका गरिब किसान र मजदुरको पहुँचमा प्रविधि पुर्‍याउने विषयमा भने ध्यान नदिएको आङ्देम्बेले आरोप लगाए। उनले सरकारले ल्याएको ‘नागरिक एप’ को प्रभावकारिताका लागि पनि सर्वसाधारणसँग गुणस्तरीय मोबाइल र प्रविधिको उपलब्धता अनिवार्य रहेको औँल्याएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here