एजेन्सी । पुटिन बेइजिङ आइपुगेकै दिन मंगलबार दक्षिण कोरियाली राष्ट्रपति ली जे-म्युङ र जापानी प्रधानमन्त्री सानाए ताकाइचीले लीको गृहसहर आन्दोङमा वार्ता गरेका छन्।
६ महिनामा उनीहरूको यो चौथो भेट हो। जनवरीमा ताकाइचीको गृहसहर नारामा भएको भेटपछि यो एक आपसमा गरिएको गृहसहर भ्रमण थियो। साे वार्तामा विश्वव्यापी अनिश्चितताका बीच ऊर्जा सुरक्षा, आपूर्ति शृङ्खला र अमेरिकासँगको सहकार्यमा केन्द्रित रहेर छलफल भयो।
यो भेटले उत्तरपूर्वी एसियामा समानान्तर कूटनीतिक गठबन्धनलाई प्रतिबिम्बित गर्दछ, जहाँ बेइजिङ र मस्को नजिकिँदै गर्दा अमेरिकाका सहयोगी राष्ट्रहरू सोल र टोकियोले पनि आफ्नो समन्वयलाई तीव्र बनाएका छन्।















