लोकतन्त्र विरोधीको लौरो नबन्न आग्रह

13

काठमाडाैं । नेपाल सरकार द्वारा गठित सम्पत्ति छानबिन आयोगलाई  पूर्व राजा ज्ञानेन्द्र शाह लगायत कतिपय उच्च  पदस्थको   सम्पत्ति छानबिन गर्ने कार्यादेश नभएको भन्ने समाचार प्रति मानव अधिकार तथा शान्ति समाजको गम्भीर ध्यानाकर्षण भएको छ । २०६१ माघ १९ देखी २०६३ वैशाख ११ सम्म झन्डै १५ महिना  मन्त्री  परिषद् को  अध्यक्षको भूमिकामा रहनु भएका  पूर्व राजा शाह लाई सम्पत्ति छानबिनको दायरा बाट बाहिर राखेको हो भने  त्यसको कारण र आधार के हो स्पष्ट गर्न शान्ति समाज सरकार लाई आग्रह गर्दछ ।

यसै गरी १९ औँ गणतन्त्र दिवसका अवसरमा लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ  योगदान गरेको मानव अधिकार तथा शान्ति समाजले  दर्जनौँ जिल्लामा  प्रदर्शन गर्ने  भएको  छ ।
सरकार : लोकतन्त्र विरोधीको लौरो नबन, संसद् : संसदीय सर्वोच्चता जोगाउ, न्यायालय  : पहिले दलको अहिले सरकारको छायाबाट मुक्त गराऊ भन्ने ब्यानर सहित  काठमाण्डौमा जेठ १५ बिहान ११ बजे माइतीघरमा प्रदर्शन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here