काठमाडौं । चीनले अमेरिकी विमान कम्पनी ‘बोइङ’ बाट दुई सय विमान खरिद गर्ने सम्झौताको पुष्टि गरेको छ । चीनको वाणिज्य मन्त्रालयले बुधबार ‘बोइङ’ बाट दुई सय विमान खरिद गर्ने सम्झौताको पुष्टि गरेको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सि जिनपिङबीच गत साता बेइजिङमा भएको भेटपछि चीनले अमेरिकाबाट विमान किन्ने बताइएको थियो ।
दुवै देशले गत वर्षको अक्टोबरमा ‘ट्यारिफ’ युद्ध रोक्ने सहमतिलाई अगाडि बढाउने दिशामा पनि काम गर्ने सहमति गरेका बीबीसीले जनाएको छ ।
जसमा बोइङका दुई सयभन्दा बढी विमान खरिद गर्ने सम्झौता पनि समावेश रहेको उनको भनाइ थियो ।
‘७५० विमानसम्म खरिद गर्ने प्रतिबद्धता गरिएको छ,’ ट्रम्पले भनेका थिए, ‘जुन अहिलेसम्मकै सबैभन्दा ठूलो अर्डर हुन सक्छ ।’


















