काठमाडौं । टोखा नगरपालिका-९ गोंगबु मिलनटोलस्थित न्यू नेपालगंज तनहुँ गेष्ट हाउसको ५०१ नम्बरको कोठामा मोरङ लेटाङ नगरपालिका-१ घर भएका ४६ वर्षीय कर्ण बहादुर मगर बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
पाल्पा, तिनाउ गाउँपालिका-३ सिद्धबाबा मन्दिर नजिकै भिरमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी २८ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
बैतडी, डिलाशैनी गाउँपालिका-६ सैनगाउँ बस्ने ६७ वर्षीय प्रेम सिंह बोहरा सोही गाउँपालिका-६ सैनगाउँस्थित राजिपातल खरबारी भिरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
















