जय नेपाल इन्टरनेशनल फाउन्डेशनको पहिलो साधारण सभा जुन १३ मा आयोजना हुँदै

4

अमेरिका । जय नेपाल इन्टरनेशनल फाउन्डेशनले आफ्नो पहिलो साधारण सभा (First General Assembly Meeting) आगामी जुन १३, २०२६ शनिबार भर्चुअल माध्यम जुम  मार्फत आयोजना गर्न लागेको छ।

संस्थाले विश्वभर रहेका सम्पूर्ण सदस्य, शुभेच्छुक तथा नेपाली समुदायलाई कार्यक्रममा सहभागिताका लागि हार्दिक निमन्त्रणा गरेको छ। संस्थाको भावी दिशा, योजना, उद्देश्य तथा समुदायमुखी कार्यक्रमहरूबारे छलफल गर्न आयोजित यस विशेष सभामा सहभागी भई शुभकामना, सुझाव तथा अनुभव साझा गर्न सबैमा हार्दिक अनुरोध गरिएको छ।

कार्यक्रम नेपाली समुदायबीच एकता, सहकार्य तथा सकारात्मक परिवर्तनका लागि महत्वपूर्ण अवसर हुने संस्थाले जनाएको छ।  यो साधारण सभाले आगामी दिनमा संस्थाको दीर्घकालीन रणनीति तथा सामाजिक योगदानलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको जय नेपाल इन्टरनेशनल फाउन्डेशनका अध्यक्ष डा. यादव पण्डितले बताए ।

कार्यक्रम विवरण:

मिति: जुन १३, २०२६

समय:

बिहान ९:०० बजे (अमेरिका, न्युयोर्क)

बिहान ६:०० बजे (अमेरिका, क्यालिफोर्निया)

साँझ ६:४५ बजे (नेपाल समय)

कार्यक्रममा जोडिनका लागि जुम विवरण:

मिटिङ आईडी: 910 7797 1470

पासकोड: 2026

संस्थाले  “राम्रो भोलिको लागि सँगै” (Together for a Better Tomorrow) भन्ने सन्देशसहित सबैलाई कार्यक्रममा सहभागी भई संस्थाको उज्ज्वल भविष्य निर्माणमा साथ दिन आग्रह गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here