काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एन्फाको निलम्बन फुकुवा गर्नका लागि फिफासँग निरन्तर संवाद भइरहेको जनाएका छन् ।
मन्त्री पोखरेलले मंगलबार सञ्चारकर्मीसँगको एक छलफलका क्रममा आफू मन्त्रीको हैसियतले फिफासँग इमेलमार्फत कुराकानी भइरहेको जनाएका हुन् ।
‘अब हुन लागेको साफ च्याम्पियनसिप फुटबल मिस नहुने हिसाबले तयारी गरिरहेका छौं, त्यो खेलाडीको अधिकार हो’ मन्त्री पोखरेलले थपे ।
‘अघिल्लो सरकारबाट पुरस्कार घोषणा भएको लामो समयसम्म रकमको व्यवस्था हुन्थेन ।
हामी आएको चार महिना भयो, हामीले खेलाडीहरूलाई १० करोडको नगद पुरस्कार घोषणा गरेका छौं । वर्षौंसम्म नभएको काम हामीले चार महिनामै गर्न सकेका छौं । खेलाडीहरू खुसी हुनुहुन्छ’ मन्त्री पोखरेलले भने । यस्तै एसियन गेम्समा जाने खेलाडीहरूका लागिप यसपटक केही अतिरिक्त खर्च समेत दिएर पठाउने व्यवस्था गरेको उनले बताएका छन् ।


















