काठमाडौं । बाढीले धादिङ फुर्केखोला पुल बगाएको छ । धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयका अनुसार बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङ सदरमुकामको सडक पहुँच टुटेको छ ।
‘बाढी भीषण छ । हामी मानवीय क्षति हुन नदिन खटिएका छौं । भौतिक संरचना जोगाउने स्थिति छैन । फुर्के खोलाकै पुल बगाएपछि धादिङ सदरमुकामसहित उत्तरी भेग सडकको पहुँचबाट टाढा भएको छ,’ उनले भनिन् ।
उनका अनुसार बाढी अहिले चितवन पुगिसकेको छ ।
‘अहिलेसम्म हामीले यस्तो बाढी देखेका थिएनौं । बजार क्षेत्रका घरहरू सोहोरेको छ । मानवीय क्षति छैन । भौतिक सम्पत्ति को हिसाब छैन,’ उनले भनिन् ।


















