जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

0

काठमाडौं । उदयपुर, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगम बेलका नगरपालिका-६ कात्तिके बस्ने २१ वर्षीय लाक्पा तामाङलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लाक्पाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सिन्धुली, १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुधौली नगरपालिका-३ बस्ने २३ वर्षीय भक्त बहादुर कार्कीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भक्त बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ढुङ्ग्रेबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

संखुवासभा, २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मकालु गाउँपालिका-५ बस्ने भोटखोला गाउँपालिका-४ घर भएका ४३ वर्षीय किरण तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । किरणले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी नुमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here