महिला भलिबलः नेपाल हङकङसँग पराजित

2

काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ।

जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज भएको खेलमा हङकङसँग नेपाल ३-० को सोझो सेटमा पराजित भएको हो।

हङकङ नेपालमाथि पहिलो सेटमा २५-२० ले विजयी भयो भने खेलको दोस्रो सेटमा २५-१९ ले आफनो पक्षमा पार्‍यो।

त्यस्तै, खेलको तेस्रो तथा अन्तिम सेट हङकङले नेपालमाथि २८-२६ को जित निकाल्यो। अब नेपालले ११औँ स्थानका लागि मङ्गोलियासँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेल भोलि हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here