धनगढी । जिल्ला अस्पताल डोटीकाे शाैचालयमा स्वास्थ्यकर्मी मृत अवस्थामा भेटिएका छन् ।
अस्पतालमै कार्यरत बोगटान फुड्सिल गाउँपालिका-६ बस्ने ३४ वर्षीय अहेबप्रेम बोगटी बुधबार बिहान ११ बजेतिर मृत भेटिएकाे प्रहरीले जनाएको छ ।
जिल्ला अस्पतालले भने उनी शाैचालयमा अचेत भेटिएको जनाउँदै उपचारका क्रममा मृत्यु भएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


















