त्रिविका सबै केन्द्रमा अनिवार्य रूपमा सीसी क्यामेरा जडान गर्नुपर्ने

2

 काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले परीक्षा सञ्चालन हुने सबै केन्द्रमा अनिवार्य रूपमा सीसी क्यामेरा जडान गर्नुपर्ने व्यवस्था गरेको छ।

परीक्षा केन्द्रका परीक्षा सञ्चालन कक्ष, उत्तरपुस्तिका सिलबन्दी गर्ने कक्ष र प्रवेशद्वारको सम्पूर्ण दृश्य देखिने गरी कम्तीमा डेढ महिनासम्म रेकर्ड सुरक्षित रहने व्यवस्था मिलाउनुपर्ने सूचनामा उल्लेख छ।

त्रिविको केन्द्रीय परीक्षा सञ्चालक समितिको भदौ ३ गते बसेको बैठकको निर्णयअनुसार यस्तो व्यवस्था गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

साथै, तोकिएको व्यवस्था कार्यान्वयन नगर्ने परीक्षा केन्द्रलाई आगामी परीक्षाका लागि परीक्षा केन्द्र परिवर्तनसमेत गर्न सकिने त्रिविले जनाएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here