नयाँदिल्ली । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणलाई स्वागत गर्न दिल्लीमा उत्साह देखिएको छ। प्रधानमन्त्रीको स्वागतका लागि सांस्कृतिक नृत्य प्रस्तुत गर्ने तयारीमा रहेका महिलाहरूले आफूहरू बालेनको स्वागत गर्न आतुर रहेको जनाएका छन्।
दिल्लीमा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलासँगै स्वागतका लागि उभिएका महिलाहरूले प्रधानमन्त्री बालेन शाहको आगमनलाई लिएर उत्साह व्यक्त गरेका हुन्।
“नेपालको प्रधानमन्त्री बालेन शाहको स्वागतका लागि ऋषि धमलासँगै उभिरहेका छाैँ । हामी बालेनलाई स्वागत गर्न आतुर छौँ,” स्वागत नृत्यमा सहभागी महिलाहरूले जनाएका छन्।
प्रधानमन्त्रीको स्वागतका लागि सांस्कृतिक कार्यक्रम तथा नृत्य प्रस्तुत गर्ने तयारी गरिएको छ। भ्रमणलाई स्वागत गर्न दिल्लीमा नेपाली झण्डासहित भारतका विभिन्न स्थानमा स्वागतका गतिविधि भइरहेको छ भने नेपाली समुदाय र स्वागत टोलीसमेत उत्साहित देखिएका छन्।
प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने अवसरका रूपमा हेरिएको छ। भ्रमणले नेपाल–भारतबीचको राजनीतिक, आर्थिक, सांस्कृतिक तथा कूटनीतिक सम्बन्धलाई थप उचाइ दिने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री बालेन केहिबेर अघि दिल्ली प्रस्थान गरिसकेका छन् ।

















