काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले समकक्षी नरेन्द्र मोदीलाई पशुपतिनाथ मन्दिरको प्रसादको सेट उपहार दिएका छन् ।
उपहार सेटमा रुद्राक्ष, शालिग्राम र पशुपतिनाथ मन्दिरको चन्दन राखिएको छ ।
आज दिल्लीमा भएको भेटमा बालेनले कलात्मक काठको बट्टाभित्र राखेर उपहार दिएका थिए । भेटमा दुवै देशका प्रधानमन्त्रीले उपहार आदान प्रदान गरेका थिए ।
मोदीले भने बालेनलाई गंगाजल राखिएको घडा उपहार दिएका छन् । मोदीलाई बालेनले दिएको यो उपहारसेट व्यक्तिगत रहेको उनको सचिवालय स्रोतले जनाएको छ । दूतावासको तर्फबाट भने प्रधानमन्त्री मोदीलाई मच्छिद्रनाथको उपहार प्रदान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


















