काठमाडौं । सप्तरीको रुपनी गाउँपालिका-६ मिलनचोकमा गएराति हात्तीको आक्रमणबाट १ जनाको मृत्यु भएको छ ।
हात्तीको आक्रमणबाट मृत्यु हुनेमा स्थानीय ५३ वर्षीय सुपबहादुर श्रेष्ठ रहेका छन् ।
गएराति साढे १ बजे जंगलबाट गाउँ पसेको हात्तीले आक्रमण गर्दा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको सप्तरीका एसपी रुपक खड्काले जानकारी दिए ।
एसपी खड्काले अनलाइनखबरसँग भने, ‘जंगलबाट हात्ती गाउँपसेको थाहा पाएपछि श्रेष्ठ घर बाहिर निस्किएका रहेछन् । सोही समयमा हात्तीले उनीमाथि आक्रमण गरेको रहेछ । आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको हो ।’
यसअघिको राति पनि जंगली हात्ती गाउँपसेर क्षति पुर्याएको उनले बताए ।















