तामाङ चलचित्रकर्मीहरू सम्मानित

179

काठमाडौं÷ तामाङ चलचित्र प्रदर्शन भएको २०औं वर्ष पुगेको उपलक्ष्यमा तामाङ भाषाका चलचित्रकर्मीहरू सम्मानित भएका छन् ।
तामाङ चलचित्र संघले प्रथम तामाङ चलचित्र दिवसको आयोजना गरी वि.सं. २०५३ देखि २०६० सम्म निर्माण भएका चलचित्रका निर्देशक÷कलाकारलाई सम्मान गरेको हो । सम्मानित हुनेहरूमा जयनन्द लामा, दीपेन्द्र दोङ, सञ्जय बल लामा, सुजन लामा, विकास लामा, जयनकुमार मोक्तान रहनु भएको छ ।
कार्यक्रममा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले आदिवासी जनजाति चलचित्र बन्ने क्रम धेरै छ तर विकास बोर्डमा कमै दर्ता हुने गरेको जनाउनुभयो ।
उहाँले आदिवासी चलचित्रका लागि राज्यबाट अहिलेका लागि त्यत्ति सुविधा, सेवा नभए पनि समयअनुसार त्यसमा परिमार्जित हुँदै जाने र त्यसबेला दर्ता नभएका चलचित्रको अभिलेख रहँदैन र सुविधाबाट पनि वञ्चित हुने अवस्था आउला, काम गर्दा वैधानिक बाटो नै उपयुक्त हुने र त्यसका लागि चलचित्रकर्मीले कञ्जुस्याइँ गर्न नहुने सुझाव दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here