नेपालको नयाँ संविधान संविधानसभाबाट दुई तिहाई मतबाट पारित

436

काठमाडौ, ३१ भदौ–नेपालको संविधान २०७२ दुई तिहाई मतले पारित भएको छ। बुधबार बसेको संविधानसभाको बैठकले नयाँ संविधान दुई तिहाई मतले पारित गरेको हो ।

संविधानसभामाफैत संविधानका सबै धारामा मदतानको काम सकेपछि संविधानलाई दुई तिहाई मतले पारित गरिएको हो । हाल संविधानसभामा रहेका ५९८ सदस्य मध्ये ५०७ सदस्यले नेपालको संविधानको पक्षमा मतदान गरेका थिए । त्यस्तै राप्रपा नेपालका २५ जनाले विपक्षमा मतदान गरेका थिए।
राप्रपा नेपालले आफ्नो प्रस्ताव संविधानसभाबाट अस्वीकृत भएपछि संविधानको विपक्षमा मतदान गरेको हो।
अन्तरिम संविधान २०६३ को धारा ७० र संविधानसभा नियमावली २०७० मा संविधानसभाको कुन सदस्य संख्याको दुई तिहाई बहुमतले संविधान पारित गर्नुपर्ने प्रावधान रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here