राष्ट्रपतिद्वारा सात दिनभित्र नयाँ मन्त्रिपरिषद् गठन गर्न आह्वान

132

काठमाडौँ, १५ असोज । राष्ट्रपति डा रामवरण यादवले सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन गर्न आह्वान गरेका छन् । प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रपतिसँग नयाँ सरकार गठनका लागि आग्रह गरेपछि राष्ट्रपति यादवले उक्त आह्वान गरेका हुन् । यादवले प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निर्वाचित प्रधानमन्त्रीको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्न व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गरेका राजनीतिक दलसँग आह्वान गरेका हुन् ।
राष्ट्रपति डा यादवले नेपालको संविधानको धारा २९८ को उपधारा ९२० बमोजिम उक्त आह्वान गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here