नेपालमाथिको नाकाबन्दी शत्रुतापूर्ण व्यवहारः बिजुक्छे

163

पोखरा, १७ असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतले नेपालमाथि गरेको अघोषित नाकाबन्दी शत्रुतापूर्ण व्यवहार भएको उल्ल्ेख गरेका छन् ।

नेवाः पत्रकार पुच पोखराले आइतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष बिजुक्छेले बेलाबेलामा छिमेकी देश भारतले नेपालमाथि गर्ने गरेका यस्ता विस्तारवाद र एकाधिकारजस्ता व्यवहारवाट युवा पुस्ताले आत्मनिर्भर हुने पाठ सिक्नुपर्ने जनाए ।

उनले राज्यले आवश्यक वस्तु एक हप्तालाई पनि जगेडा गरेर राख्न नसक्नु दुःखद भएको उल्लेख गरे ।

प्रमुख पार्टीहरूबीच विगतमा भएका भद्र सहमतिअनुसार नयाँ प्रधानमन्त्री नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली नै हुनुपर्ने धारणा राख्दै उनले नेपाल मजदुर किसान पार्टी भने प्रतिपक्षमा नै बस्ने र सरकारको गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here