काटमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फोनपे र एफवान सफ्टसँगको सहकार्यमा ‘टप अप र फोन फोनपे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ !’ भन्ने नयाँ अभियान सार्वजनिक गरेको छ । यस अभियान अन्तर्गत ग्राहकहरूले आकर्षक उपहारहरू जित्ने अवसर पाउनुका साथै बम्पर उपहार आईफोन १६ प्राप्त गर्न सक्नेछन् ।
यस अभियान अन्तर्गत हरेक हप्ता १०० जना भाग्यशाली विजेताले रु १०० को मोबाइल टपअप प्राप्त गर्नेछन् । त्यसैगरि अभियानको अन्त्यमा एक भाग्यशाली ग्राहकलाई नयाँ आईफोन १६ प्रदान गरिनेछ । यो अभियान चैत्र १ गते देखि चैत्र ३१ गते सम्म सञ्चालन हुनेछ ।


















