भट्टराईलाई कैलाली जान रोक

121

काठमाडौ, १८ असोज पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलाई थरुहट÷थारुवानको कैलाली जिल्लामा हुन लागेको भनिएको सभामा सहभागी हुन जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालयद्वारा आइतबार एक विज्ञप्ति जारी गरी कैलालीको धनगढीमा थरुहट÷थारुवानले असोज २० गते गर्ने भनिएको विरोध सभामा भट्टराईले सम्बोधन गर्ने कार्यक्रमा जिल्लाको शान्तिसुरक्षाको अवस्था चुनौतीपूर्ण रहेको भन्दै भट्टराईलाई कुनै पनि कार्यक्रममा सहभागी नहुन गृह मन्त्रालयमार्फत जानकारी गराउने निर्णय गरेको जनाएको छ ।

अखण्ड पक्षधर र थरुहट÷थारुवान संयुक्त सङ्घर्ष समितिबीच आपसी सद्भाव र मेलमिलाप कायम भइनसकेको र दुवै पक्षबीचको सम्बन्धमा अझै सुधार हुन नसकेको हुँदा जुनसुकै समयमा जस्तोसुकै घटना घट्नसक्ने अवस्था रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here