ठूलाठूला बिलबोर्डमा ‘मलाई मागी बिहेबाट जोगाऊ’ भनेर विज्ञापन गरेपछि

140

काठमाडौं । बेलायतमा एक अविवाहित युवकले ठट्यौली पाराका सन्देशसहित आफू दुलहीको खोजीमा रहेको भन्दै ठूलाठूला बिलबोर्डमा विज्ञापन गरेका छन्।

२९ वर्षीय मोहम्मद मलिकले युवतीहरूलाई आफू विवाह गर्ने विचारमा रहेको सन्देश दिन लन्डन र बर्मिङ्गममा त्यस्तो विज्ञापन गरेका हुन्।​ सडकछेउछाउ राखिएका विज्ञापन गर्ने ठूला बोर्डमा उनको हँसिलो तस्विरसहित ‘मलाई मागी बिहेबाट जोगाऊ’ लेखिएको छ।

आफू परम्परागत मागी विवाहको विपक्षमा नरहे पनि पहिले ‘आफैँले खोजेर कसैलाई फेला पार्ने’ प्रयास गरेको उनले बताए। उनले अहिलेसम्म श्रीमती खोज्ने  अभियानमा एक सयभन्दा बढी युवतीले सम्पर्क गरेको पनि बताएका छन्।

मलिकले आफूलाई इस्लाम धर्ममा आस्था भएकी र परिवारसँग हाँसोठट्टामा पनि मिल्न सक्ने हुनुपर्ने बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here