तास खेलिरहेको अवस्थामा पक्राउ

228

काठमाडौं  । बर्दियाकाे बाँसगढी नगरपालिका-७ बड्की देउडास्थित ३४ वर्षीय दुलीचन थारुको घरबाट जुवातास खेलिरहेको अवस्थामा दुलीचन लगायत १० जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । दुलीचनको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८२ हजार ४ सय ५० रुपैयाँ सहित पक्राउ गरेको हो ।

नवलपरासी (पूर्व), कावासोती नगरपालिका-१३ पिठौलीस्थित डिल कुमारी गुरुङलेसंचालन गरेको खाजा घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३७ वर्षीय अजय लामा लगायत ५ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त खाजा घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासी९पूर्व०बाट

खटिएको प्रहरीले उनीहरुलाई नगद २४ हजार ७ सय १५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here