अब नयाा द्वन्द सुरु : मोहन वैद्य

336

काठमाडौ/ नेकपा –माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले एउटा द्वन्दको समाधान नहुादै अर्काे द्वन्दको सुरु भएको जनाउनु भएको छ । वैद्यले नेपाली जनताले राष्ट्रियता र जनतन्त्रका लागि लामो समयसम्म सशस्त्र र शान्तिपूर्ण संघर्ष गर्दै आएपनि जुन उद्देश्य प्राप्तिका लागि संघर्ष गरिएको थियो ती उद्देश्य पुरा नहुादै संघर्षको एउटा अध्यायको अवसान भएको र राष्ट्रियता र जनतन्त्रका निम्ति संघर्षको नयाा अध्याय थालनी भएको जनाउनु भएको छ ।
बैद्यले यो बेलामा मधेश, थारुवानलगायत देशका विभिन्न भागमा जनताद्वारा उठाइएका न्यायपूर्ण तथा जायज मागहरूको सम्बोधन गर्ने, वार्ता तथा संवादको प्रकृया अघि बढाउने, दमन, धरपकड, जनहत्या, कङ्खर्यू तथा सेना परिचालनका गतिविधि रोक्ने, आन्दोलनकारी माथि लगाइएका झुटा मुद्दा फिर्ता लिने एवम् भारत सरकारद्वारा जारी अघोषित आर्थिक नाकाबन्दी हटाउने लगायतका विषयलाई सत्तारुढ तथा प्रतिपक्षी पार्टीहरूले प्राथमिकता दिनुपर्नेमा यस विषयमा सरकार र प्रतिपक्षी राजनीतिक पार्टीहरूसमेत गम्भीर नभएको आरोप लगाउनु भएको छ ।
वैद्यले लामो समयदेखि नेपाली राजनीतिमा कुनै न कुनै अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको दलाली गरेर सत्तालिप्सा तृप्त गर्ने प्रवृत्ति अत्यन्तै बढ्दै गइरहेको तर ती नेताहरूले अफूलाई देशभक्त वा राष्ट्रवादीका रूपमा पेश गरेर जनतालाई भ्रमित तुल्याउने काम भइरहेको भन्दै त्यसबाट सचेत रहन सबैसाग आग्रह गर्नुभएको छ ।
अध्यक्ष वैद्यले नेपालमा केही शताब्दी अगाडिको संसदवादी लोकतन्त्रलाई आदर्श मानेर चल्ने प्रवृत्तिले मजदुर, किसानलगायत श्रमिक वर्ग र महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिमलगायतका उत्पीडित समुदायका हकअधिकारलाई समेट्न नसकेको आरोप लगाउनु भएको छ । केही वर्षयता कहिले चार र कहिले तीन राजनीतिक दलहरू आफूलाई सदा सार्वभौम ठानेर पञ्चायतीकालमा झैं कसैको कुरा नसुनेर अघि बढन खोजेको भन्दै वैद्यले सरकारधारी र प्रतिपक्ष एउटै ठाउामा बसेर सत्ताको रसस्वादन गरिरहादा वास्तविक प्रतिपक्ष को हो भन्ने सम्म छुट्याउन नसक्ने अवस्था रहेको विचार व्यक्त गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here