चर्चित अपराधीको सूचीमा परेका मोदी नेपाल प्रकरणमा पनि अपराधी सावित
काठमाडौ/केही समय अघि भारतीय मिडियामा एउटा विषयले निकै चर्चा पायो । त्यो थियो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विश्व चर्चित सर्च इन्जिन गुगलले विश्वकै टप टेन क्रिमिनलको सुचिमा राख्नु । गुगलले मोदीलाई प्रमुख अपराधीको सूचीमा राखेपछि भारतीयहरूले त्यसको विरोध पनि गरे । त्यसको केही समय पछि नै विश्वकै मुर्ख प्रधानमन्त्रीको रूपमा पनि गुगलले मोदीलाई देखायो । अहिले पनि गुगलको सर्च इन्जिनमा खोज्दा मोदीलाई चर्चित अपराधी, मूर्ख प्रधानमन्त्री र विश्वकै मूर्ख व्यक्तिका रूपमा पनि देखाउने गरिरहेको छ ।
जतिबेला भारतीय प्रधानमन्त्री मोदीले गुजरातमा मुख्य मन्त्रीको पद सम्हालिरहेका थिए, त्यतिबेला उनले पटक–पटक कोसिस गर्दा पनि अमेरिकाको प्रवेषाज्ञा पाउन सकेनन् । मोदीले गुजरातमा सन २००२ फेबु्रअरीमा झण्डै २ हजार मुस्लिमहरूको हत्या गराएको आरोप उनीमाथि लागको थियो । उक्त घटनामा २ सय ५४ जना हिन्दुहरूको पनि ज्यान गएको थियो । हिन्दु कट्टरवादी नेताको पहिचान बनाएका मोदीले शासन गरिरहेको गुजरातमा त्यो बेला सयाौ महिलाहरू बलात्कृत भएका थिए भने त्यत्तिकै संख्यामा बच्चाहरूलाई जीउादै जलाइएको थियो । त्यहाा ठूलो धनजनको क्षति भएको थियो । नरेन्द्र मोदीकै कारण हिन्दु र मुस्लिमबीच भारतमा दुश्मनीपूर्ण लडाई सुरु भएको थियो । आज पर्यन्त भारतमा हिन्दु र मुस्लिमबीचको सद्भाव कायम हुन सकिरहेको छैन् । मुसलमानहरूलाई नरसम्हार गरेको दोष तीनै मोदीलाई जाने गरेको छ । अपराधी गतिविधि गरेको भनेरै अमेरिकाले मोदीको प्रवेषाज्ञा रोकेको थियो ।
त्यसैगरी मोदी प्रधानमन्त्री भइसकेपछि उनकै गृहनगर गुजरातमा अधिकारका लागि आन्दोलन गर्ने पटेलहरूलाई दबाउन मोदीले सेना परिचालन गरे । उनले आन्दोलनलाई दबाउन गुजरातमा इन्टरनेट तथा सामाजिक सञ्जालमा समेत रोक लगाएर नागरिकको सुचनाका अधिकारमाथि हस्तक्षेप गर्ने काम गरे ।
हालै नेपालमा पनि नयाा संविधानमा आफ्नो चाहना पुरा नभएपछि तीनै मोदीले अन्तर्राष्ट्रिय कानुन्को खिल्ली उडाउादै नाकाबन्दी गरेर नेपाली जनताको दैनिक जीवन अस्तव्यस्त बनाइरहेका छन् । उनले पछिल्लो समय नेपालमा देखाईरहेको क्रुरतालाई विश्लेषकहरूले गुजरातमा भएको नरसम्हारसाग तुलना गर्न थालेका छन् । हालै मात्र मोदीको निर्वाचन क्षेत्र वाराणासीमा जोगीहरू विभिन्न माग राखेर आन्दोलनमा उत्रादा प्रहरीले निर्घात कुटपिट गर्दै कफ्र्यू लगाएर जोगीहरूको आन्दोलनलाई दबाउने कोसिस गर्यो । मोदीका यस्ता हर्कतहरू नियालीरहेका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले हालै अमेरिका भ्रमणमा रहेकाबेला फेसबुकका सिइओ मार्क जुकरबर्गसागको भेटमा मोदीले हात मिलाएपछि संसारभरबाट अपराधी मोदीसाग मिलाएको हात तत्काल धुन सुझाव दिदै जुकरबर्गलाई विश्वभरबाट स्यानेटाइजर(फोहर भएको हात सफा गर्ने झोल पदार्थ) पठाइयो । भारतीय प्रधानमन्त्री मोदीलाई अपराधी र मूर्खका रूपमा चित्रण गरिरहादा उनीसाग जोडिएका केही अपराधिक र मुर्खतापूर्ण व्यवहारका केही उदाहरणहरू यहाा प्रस्तुत गर्दा उपयुक्त हुने ठानेर प्रस्तुत गरिएको हो ।
नेपाल आगमनका बेला करुणा भरिएका शब्द उच्चारण गरेर नेपाली जनताको जय–जयकार पाएका उनी मोदी आज आम नेपाली जनतालाई भोक भोकै मार्न तयार देखिएका छन् । भारतबाट भएको नाकाबन्दीका कारण नेपाली जनतामा कस्तो गुज्रिरहेको छ भन्ने बारे मोदी जानकार हुादा हुादै पनि बेखबर जस्तै बनेर क्रुरताको राक्षशी प्रदर्शन गरिरहेका छन् ।
बाहिर/बाहिर ऋषिमन अलाप्दै गेरुवस्त्र धारण गर्ने उनको भित्रि मनमा भने छल, कपट र अपराधी र परपीडक सोाच नै व्याप्त रहेको मोदीका पछिल्ला गतिविधिले पुष्टि भइरहेको छ । प्रधानमन्त्री भएलगत्तै आफ्नो पापको प्रायाश्चित्त गर्न नेपालमा आएर पशुपतिको दर्शन गरेका तिनै मोदीले पशुपतिको देशमा भ्रमणको एक वर्ष पनि पुरा नहुादै नेपाली जनताको हत्या गर्न तम्सिएका छन् । नेपालीमा दुई वटा भनाई निकै चर्चित छन्, एउटा ‘मुखमा राम् राम् बगलीमा छुरा’, र अर्काे ‘पाप गर्नेले नै बढी धर्म गर्छ’ । भारतीय प्रधानमन्त्रीको हकमा यी दुवै भनाई चरितार्थ बन्न पुगेका छन् । अर्थात मुखमा ऋषिमन जप्दै हिड्ने मोदीले व्यवहारमा भने राक्षसी प्रवृत्ति देखाइरहेका छन् । अपराधका घटनालाई निरन्तरता दिइरहेका मोदीको धर्मप्रतिको लगाव पनि त्यत्तिकै उच्च देखिन्छ ।
मोदीले विगतमा के गरे त्यो विश्व जगतले बुझेको छ, हाल प्रधानमन्त्री हुादा केही लोकप्रिय जस्ता देखिएका मोदीको नेपालप्रतिको पछिल्लो रवैयाले पुरानै मोदीको छनक दिइरहेको छ । यसले मोदीलाई नेपालमा मात्र होइन अन्तराष्ट्रिय जगतमा समेत बदनाम गराईरहेको छ । मोदीले आफू प्रधानमन्त्री हुादा सार्क मुलुकका राष्ट्रप्रमुखहरूलाई सपथ ग्रहण कार्यक्रममा बोलाएर क्षेत्रीय एकतामा जोड दिएजस्तो देखाएका थिए । तर पछिल्लो समय उनले छिमेकी मुलुक पाकिस्तान, श्रीलंका, बंगलादेश तथा हालै नेपालमा देखाइरहेको व्यवहारले उनको क्षेत्रीय एकताको प्रयास नाटक मात्र थियो भन्ने पुष्टि भइरहेको छ । मोदीको पछिल्लो व्यवहारले उनी आफूलाई लागेको खूंखार अपराधी र मूर्खको उपाधीलाई सावित गर्दैछन्, अर्थात मोदीले धारण गरेको गेरु वस्त्रमा अपराध, छल कपट र मूर्खतामात्र लुकेको छ भन्ने पुष्टि हुादै गइरहेको छ । नेपाललाई शान्ति क्षेत्र भएको हेर्न चाहने शान्तिका प्रवद्र्धक गौतम बुद्धले जन्म लिएको देशका नेपाली जनतालाई भोकै मार्न तत्पर भएका नरेन्द्र मोदीप्रति नेपाली जनमानसले यस्तै टिप्पणी गरेको सर्वत्र सुन्न थालिएको छ ।