५ वर्षीया बालिकामाथि बलात्कार

285

मकवानपुर / बलात्कारका घटनाले विकराल रुप लिइरहेको छ । एकपछि अर्को दिनहुँ बलात्कारका घटना बढ्दै गइरहेका छन् । अपराधीहरु उन्मुक्ति पाइरहेका छन् । ४ महिना बितिसक्दा पनि कञ्चनपुरकी निर्मला बलात्कार पछि हत्या प्रकरणको घटनाले देशभर व्यापक रुपमा आन्दोलन चर्किएको छ त्यहिपनि बलात्कारका घटना अझै बढिरहेका छन् ।

यस्तै हेटौडा उपमहानगरपालिका-१९ बर्कौली बस्ने ५ वर्षीया बालिका बलात्कारको शिकार भएकी छिन् ।

बिहीबार बेलुका जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने फरक क्षमता भएका २१ वर्षीय राकेश मोक्तानलाई ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here