गुन्डा नाइके राजन लिम्बुमाथि गोली प्रहार

294

काठमाडौं / प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले गुन्डागर्दीमा संलग्न गुन्डा नाइकेमाथि गोली प्रहार गरेको छ।

प्रहरीले इटहरीका राजन लिम्बुमाथि गोली हानेको हो। प्रहरीले उनलाई पक्राउ गर्न खोजिरहेका बेलामा उनी आफैले गोली चलाएपछि प्रहरीले जवाफी फायरिङ गरेको जनाएको छ।

उनलाई प्रहरीले खुट्टामा गोली हानेको हो। उनको साथबाट एकथान पेस्तोल समेत बरामद भएको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार गोली लागेर घाइते भएका लिम्बुलाई उपचारका लागि अहिले वीर अस्पतालस्थित ट्रमा सेन्टरमा भर्ना गरिएको छ । काठमाडौंको ट्रमा सेन्टरमा उनको उपचार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here