मधेसीहरूले आफूलाई नेपाली ठानेनन्

210

 राधा बुढाथोकी मगर
नेपाली हुनुको गौरव नेपालको इतिहास पढ्ने र सुन्नेहरूलाई जति धेरै महसुस हुन्छ अरुलाई शायदै होला, नेपाली भूमिको माया के हो भन्ने कुरा सुस्ता, पशुपतिनगर र दार्चुलामा बस्नेहरूलाई जति बढी हुन्छ, अरुलाई सायदै होला, नेपालको सुन्दरता कति छ भन्ने कुरा नेपाल घुमेकाहरूलाई जति धेरै हुन्छ अरुलाई शायदै होला । त्यस्तै नेपालको माया के हो भन्ने कुरा पनि नेपालमै जन्मिएर यही माटोमा कर्म गरिरहेकाहरूलाई जति हुन्छ, अरुलाई त्यति धेरै हुने भए मधेस आन्दोलनमा नेपाल आमामाथि यति धेरै प्रहार हुादैन थियो होला ।
जसलाई नेपालको बारेमा केही थाहा नै छैन, जो केवल कसैको स्वार्थ पूरा गर्नका लागि मात्र आयात हुन्छ भने त्यस्तालाई नेपालप्रतिको माया हुने कुरा पनि भएन । हामीले जसलाई मधेसी नेपाली भनिरहेका छौा, उनीहरूले पनि आफूहरूलाई नेपाली नै महसुस गरेको भए नेपाल र नेपाली जनताकै विरुद्धमा हाल जे भइरहेको छ यस्तो अवस्था अवश्य सिर्जना हुने थिएन । अहिले मधेसमा चलिरहेको आन्दोलन र मधेसीहरूले देखाइरहेको व्यवहारले यसैकुरालाई पुष्टि गर्छ ।
मधेसमा आन्दोलन चर्किरहेको छ । आन्दोलनका नाममा मुलुकको स्वाधीनता र स्वाभिमानमाथि आाच आउने काम भइरहेका छन् । आन्दोलनकारीहरूले अधिकारका लागि लडिरहेको भनिरहेका छन्, जबकि ती मधेसीहरूले आफ्नो देश नेपालप्रति नागरिकको कर्तव्य के हो भन्ने कुराको अलिकति पनि हेक्का राखेको पाईंदैन । मुलुकप्रतिको दायित्वलाई बिर्सेर अधिकार मात्र प्राप्ति होला ? यो सोचनीय विषय छ । नागरिकहरूको दायित्व मुलुकको विकास गर्ने, कर तिर्ने, मुलुकको स्वाधीनतामाथि कतैबाट प्रहार भएमा त्यसको रक्षार्थ दिलो ज्यान दिएर लाग्ने हो । तर मधेसीहरूले यसको विपरीत कर नतिर्न उर्दी गर्ने, भौतिक सम्पत्तिको विनाश गर्ने र देशकै एउटा भूभाग विरुद्ध नाकाबन्दी गर्ने र राष्ट्रियता माथि प्रहार गर्ने काम गरिरहेका छन् । आन्दोलनका नाममा आफ्ना सबै कतव्र्य र दायित्वलाई बिर्सेर एकोहोरो अधिकार मात्र खोज्ने र देशद्रोहीपूर्ण व्यवहार देखाउनेलाई कसरी नेपाली भन्न सकिन्छ ?
हाल मधेसमा भइरहेको आन्दोलनमा सुरक्षाकर्मीहरूलाई जिउादै जलाउने काम भइरहेका छन् । नेपालको राष्ट्रियतासाग जोडिएका विषयहरूको अपमान गर्ने काम भइरहेको छ । भारतीय भूमिको प्रयोग गरी नेपालमाथि प्रहार गर्ने तथा नेपाली जनतालाई दु:ख दिन नाकाबन्दी गर्ने काम भइरहेका छन् । एउटा नेपालीले आफ्नो कतव्र्यलाई पूर्ण रूपले बिर्सेर अधिकारका नाममा राष्ट्रियता र स्वाधीनतामाथि कसरी प्रहार गर्न सक्छ ? कुरा प्रष्ट छ मधेसीहरूले आफूलाई नेपाली ठानिरहेका छैनन् । उनीहरूलाई नेपालको अवस्थाबारे कुनै मतलब छैन, उनीहरू केवल मुलुकको स्वाधीनतामाथि प्रहार गर्न र भारतीय स्वार्थ पूरा गराउनका लागि मात्र मधेसी भएका हुन् भन्ने उनीहरूको व्यवहारबाट पुष्टि हुादै आएको छ ।
नयाा संविधानलाई बहाना गराएर मुलुकमाथि प्रहार गर्ने मधेसीहरूले एउटा कुरा बुझ्न आवश्यक छ, संविधानमा पहाडी तथा हिमालीहरूका माग पनि पूरा भएका छैनन् । तर संविधान संशोधनीय छ, त्यसैले जायज मागहरूलाई आन्तरिक रूपमै छलफल गरेर समाधान गर्न सकिन्छ । उनीहरूले किन त्यसो गर्न सकेनन् ? मधेसीहरूले किन भारतलाई गुहारे ? किनकी उनीहरूमा नेपालप्रतिको कुनै मायाा नै छैन । उनीहरू भारतको माग पूरा गराउन आयातीत अंगीकृत नागरिकता लिएका भारतीय नागरिकहरूले गर्ने काम किन गरिरहेका छन् उनीहरू ? उनीहरूले पूरा हुन नसक्ने माग राखेर नेपाल र नेपाली जनतालाई दु:ख दिने काम किन गरिरहेका छन् ? जुन काममा छिमेकी मुलुक भारतले रमाइलो मानेर सघाइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here