हिमाली सौन्दर्य र साहसिक आरोहणको जीवन्त समेटिएको चलचित्र ‘एभरेष्ट’

274

कोही हेरेर लोभिन्छन् कोही आफ्नो जीवनको अन्तिम लक्ष्य एकपटक भएपनि सगरमाथा आरोहण गर्नुलाई बनाउाछन् ।
कोही सफलताको चुचुरो चुम्छन् भने कोही त्यसपछि र कोही आरोहणकै क्रममा ज्यान गुमाउन पुग्छन् । तर जस्तोसुकै परिस्थिति आए पनि विश्वकै अग्लो हिमाली चुचुरो सगरमाथाले यसरी नै आफूतिर कैयौालाई आकर्षित गरिरहेको हुन्छ ।
सगरमाथाको सौन्दर्य, आरोहणका रोमाञ्चकारी अनुभव, आरोहणका क्रममा ज्यान गुमाउनेप्रतिको समवेदना र त्यसैक्रममा मृत्युलाई जितेर फर्कनेको सफल कथालाई हलिउड चलचित्र ‘एभरेस्ट’ ले समेटेको छ ।
सन् १९९६ मे १० का दिन रब अल र स्टिकर फिचरसहित आठ पर्वतारोहीले सगरमाथा आरोहणका क्रममा ज्यान गुमाउन पुगेको यथार्थ घटनालाई मुख्य विषय बनाएर निर्माण गरिएको सो चलचित्रले सगरमाथा आरोहणप्रतिको उच्चाकर्षणलाई प्रस्तुत गर्न सफल भएको छ । रब अल र स्टिकर फिचर अरूलाई हिमाल आरोहण गराउने काममा संलग्न हुन्छन् ।
विश्वका सातैवटा अग्लो हिमालको आरोहण गर्ने लक्ष्य बोकेकी एक जापानी महिला आरोहीले यसअघि छवटै हिमालको सफल आरोहण गरिसकेकी हुन्छिन् । सगरमाथालाई चुम्ने लक्ष्य लिएर उनी रब अलकै टोलीमा सहभागी हुन्छिन् । उनले सातौा शिखर सगरमाथाको सफल आरोहण त गर्छिन् तर त्यसको खुसी मनाउन उनी जीवित रहन्नन् ।
यसैगरी, अर्का आरोहीले आफ्नो जीवनको अन्तिम लक्ष्य नै सगरमाथा आरोहणलाई बनाएका हुन्छन् । उनको स्वास्थ्यस्थिति राम्रो नहुादा नहुादै पनि सगरमाथा चढ्न पुग्छन् । उनलाई सगरमाथाको चुचुरोमा पुर्‍याउने जिम्मा रबले लिएका हुन्छन् । अन्य आरोहीलाई सगरमाथा पुर्‍याएर फर्कने क्रममा बाटोमा रबले उनलाई भेट्छन् ।
समय छैन फर्कौाभन्दा पनि उनले चुचुरोमा पुगेरै छाड्ने अडान लिएपछि रब उनलाई लिएर चुचुरोमा पुर्‍याउाछन् । तर फर्कादा मौसमले साथ दिादैन । रबसाग भएको अक्सिजनको सिलिन्डर पनि सकिन्छ । बिरामी साथीको तल झर्ने क्रममा खसेर मृत्यु हुन्छ । उनका लागि अक्सिजन लिएर आइपुगेका अर्का साथीको पनि मृत्यु हुन्छ । उनले आफ्नो अन्तिम अवस्थामा पनि सङ्घर्ष त गर्छन् तर प्रतिकूल मौसम र अक्सिजनको अभावका कारण उनको पनि मृत्यु हुन पुग्छ ।
स्टिकरको भने सगरमाथाको चुचुरोमा पुग्नुअघि नै मृत्यु हुन्छ । दुर्घटनामा मृत्यु भएको ठानिएका अर्का एक आरोहीले आफ्ना दुवै हात र नाक हिउाका कारण गुमाउन पुगे पनि मृत्युलाई जितेर आफ्ना साथीहरू भएको ठाउामा उनी आइपुग्छन् । सफल आरोहण गरेर फर्किएकाहरू पनि आफ्ना साथीहरूको मृत्यु भएपछि आरोहणको खुसी मनाउन सक्दैनन् र आफ्नो देश फर्कन्छन् ।
चलचित्रमा आरोहणका क्रममा देखाइएका दृश्यले दर्शकलाई आफौ सगरमाथा चढ्दै गरेको जस्तो अनुभव हुन्छ । आरोहण सााच्चिकै साहसिक र ज्यानकै बाजी राखेर खेलिने खेल भन्ने अनुभूति चलचित्रले गराउाछ । सगरमाथालाई नजिकबाट नदेखेका दर्शकले भने भरपुर मात्रामा सगरमाथाको सौन्दर्यलाई चलचित्रमार्फत दृश्यपान गर्न सक्छन् । चलचित्रले सगरमाथालाई निकै आकर्षक रूपमा देखाए पनि चलचित्र हेरिरहादा अझै यसको आकर्षणलाई पूर्ण रूपमा उतार्न नसकेको अनुभव हुन्छ । लगभग ९५ प्रतिशत छायाङ्कन नेपालको हिमाली र अन्य क्षेत्रमा गरिए पनि हिमालबाहेक अन्य दृश्यमा नेपाललाई चिनाउने कुनै स्थानलाई देखाइएको छैन ।
चलचित्रमा जब सगरमाथा आरोहणका लागि रब अलको आरोही टोली नेपाल आइपुग्छ, उनीहरूले सार्वजनिक यातायात माइक्रोबसको यात्रा गर्दा पृष्ठभूमिमा हिन्दी गीत बजिरहेको सुनिन्छ । यसले उनीहरू नेपालमा नभई भारतको कुनै सहरमा गएको जस्तो देखिएको छ । सन् १९९६ को कथा भएपनि काठमाडौाको अहिलेको भीडभाड र भौतिक पूर्वाधारलाई फिल्ममा देखाइएको छ ।
नेपाली कलाकारले पनि सो चलचित्रमा अभिनय गरेका छन् । चलचित्रमा आरोहण टोलीको उद्धारमा नेपाली पथप्रदर्शक शेर्पा, नेपाली क्याप्टेन मदन केसीको भूमिकामा रहेका कलाकार विजय लामाले समेत अभिनय गरेको भएपनि उनीहरूलाई त्यति स्पष्ट देखाइएको छैन । आफ्नो ज्यानको बाजी थापेर उद्धार गर्न खटिने भएपनि शेर्पालाई त्यति राम्ररी चलचित्रमा प्रस्तुत गर्न सकेको छैन । उद्धार गर्ने क्रममा कलाकार लामाले ‘जय गोरखकाली’ भन्ने शब्द प्रयोग गरेका छन् ।
चलचित्रमा रबले अन्तिम अवस्थामा स्याटलाइट फोनमार्फत आफ्नी श्रीमतीसाग कुरा गर्दै जन्मन लागेकी छोरीको नाम ‘सराह’ राख्नु, उनी जन्मादा आफू साथमा नभएपनि आफ्नो माया पनि दिनु भन्छन् । यसले दर्शकको सहानुभूति बटुल्न खोजेपनि त्यति सफल भएको देखिादैन ।
चलचित्रमा कथा सकिएपछि रब अललगायत टोलीका सम्पूर्ण सदस्यको वास्तविक तस्बिर देखाइएको छ । रब अलको मृत्यु हुादा गर्भमा रहेकी र अहिले १९ वर्ष पुगेकी छोरी सराहलाई पनि देखाइएको छ । यसले वास्तविक आरोही कस्ता थिए त भन्ने जानकारी दर्शकले पाएका छन् ।
बाल्टासर कोर्माकारले निर्देशन गरेको सो चलचित्रमा जोस ब्रोलिन, जेसन क्लार्क, जेक ग्यालेनहाल, जोन ह्याक्स, रोविन राइट, साम वार्थिङ्टनको मुख्य भूमिका रहेको छ । चलचित्र न्युजिल्यान्ड, अमेरिका र नेपालको काठमाडौा, सोलुखुम्बुको लुक्ला, फाप्दिङ, नाम्चे, तेङ्बुचे, फेरुचे, लोपुचेलगायतका स्थानमा छायाङ्कन गरिएको छ । यसअघि हलिउडमा सगरमाथालाई कथावस्तु बनाएर चलचित्र निर्माण गरेको पाइादैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here