कठमाडौँ, २२ असोज– आगामी मंसिर १० देखि १३औँ हस्तकला व्यापार मेला तथा नेपाल अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स–पो आयोजना हुने भएको छ । नेपाल हस्तकला महासंघ तथा सुन चाँदी व्यवसायी महासंघको संयुक्त आयोजना हुन लागेको मेलामा पाँच दिनसम्म अर्थात मंसिर १४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
काठमाडौको भृकुटीमण्डपमा सञ्चालन हुने मेलामार्फत नेपाली हस्तकला तथा गरगहनाको प्रवद्र्धन र विकासमा सहयोग पुग्ने आयोजकले विश्वास लिएको छ । मेलामा हस्तकलाका २०० तथा रत्न तथा आभूषणका १०० बिक्री कक्ष राखिने छ । आयोजकले विहिबार राजधानीमा पत्रबकार सम्मेलनको आयोजना गरि मेलाको बारेमा जानकारी दिएको हो ।
मेलामा पस्मिना, उनबाट बनेका सामग्री, फेल्टका उत्पादन, सिल्कका उत्पादन, कटन सामग्री ढाका उत्पादन तथा रत्न तथा आभुषणसम्बन्धी स्टलहरु रहने जनाइएको छ ।