शेयर कारोबार सकारात्मक

74

काठमाडाैं/बुधबार नेपालको पुँजीबजार मापक नेप्से झिनो अंकले बढेको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.५६ अंकले बढेर २६७३.८८ विन्दुमा कायम भएको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.१४ अंकले बढेर ४७८.३८ विन्दुमा कायम भएको छ।

आज कूल पाँच अर्ब ३२ करोड ६० लाख ५२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। २१५ वटा कम्पनीका एक करोड ४८ लाख ५४ हजार ४२२ कित्ता सेयर ६२ हजार ९७२ पटक खरिद-बिक्री भएका थिए।

आज नारायणी डेभलपमेन्ट बैंक, बोटलर्स नेपाल (तराई) र आखुखोला जलविद्युत् कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ। साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले सबैभन्दा बढी प्रतिकित्ता २.२७ प्रतिशतका दरले गुमाएका छन्।

आज नेपाल पुनर्बिमा कम्पनीको सेयर सबैभन्दा धेरै ३५ करोड १६ लाख २५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। सङ्ख्यात्मक आधारमा लक्ष्मी इक्युटी फण्डका १५ लाख ८९ हजार ८७६ कित्ता सेयर किनबेच भएका थिए। नेपाल पुनर्बिमा कम्पनीको सेयर सबैभन्दा बढी दुई हजार ३१८ पटक खरिद-बिक्री भएको नेप्सेले जनाएको छ। आज बैंकिङ, होटल तथा पर्यटन, जीवन बिमा र माइक्रोफाइनान्स समूहका परिसूचक ओरालो लाग्दा बाँकी सबै समूहका परिसूचक बढेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here