डा भट्टराईको राजीनामा सभामुख नेम्वाङद्वारा स्वीकृत

256

काठमाडौँ, २४ असोज । डा बाबुराम भट्टराईले संसद् पदबाट दिनुभएको राजीनामा सभामुख सुवास नेम्वाङले आज स्वीकृत गरेका छन् । एकीकृत नेकपा माओवादीका तर्फबाट निर्वाचित डा भट्टराईले दिएको व्यवस्थापिका–संसद् सचिवालयमा राजीनामा पत्र आज सम्म स्वीकृत भएको थिएन ।

भट्टराइले असोज ९ गते राजीनामा दिएका थिए । संसद् सचिवालयमा उपस्थित भएर डा भट्टराई आफैले राजीनामा पत्र स्वीकृतिका लागि सनाखत गरेका थिए । उहाँको राजीनामा स्वीकृतसँगै सदनमा सांसदको सङ्ख्या ५९७ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here