चीनले छोटो समयमा लगाएको आर्थिक विकासको छलाङ

201

ड डा.हरिश्चन्द्र शाह

चीनले छोटो समयमा गरेको आर्थिक विकास र प्रगतिलाई देखेर आश्चर्य व्यक्त नगर्ने मानिस कमै होलान् । संसारका शक्तिशाली भनिएका मुलुकहरूलाई समेत चकित पार्दै र लोभ्याउादै चीनले प्राप्त गरेको आर्थिक छलाङ र उनीहरूको जीवनस्तरमा समेत आएको परिवर्तनले चीनलाई आज धेरै माथि उठाइसकेको छ । अधिकांशको सपनाको मुलुक मानिने अमेरिका तथा युरोपियन मुलुकहरूलाई समेत चीनको विकासले फितलो बनाइदिएको छ । साथै विकसित मुलुकहरूले समेत चीनको विकासबाट सिक्नुपर्ने र चीनसागसागै यात्रा गर्नका लागि चीनलाई पछ्याउनुपर्ने बाध्यता समेत सिर्जना भएको छ ।

पंक्तिकार झण्डै ३८ वर्ष पहिले अध्ययनको सिलसिलामा चीन जाादा त्यति बेलाको चीनको विकास र ३८ वर्षपछि हालको चीनको विकास हेर्दा पत्याउन गाह्रो पर्छ । जतिबेला पंक्तिकार सन् १९७७ मा परम्परागत चिनियाा उपचार पद्धतिसम्बन्धी अध्ययन गर्न चीन पुगेको थियो, त्यतिबेला यो पंक्तिकारलाई पढाउने प्राध्यापकहरूको तलब सुविधा ३६ युआन मात्रै थियो । तर हाल त्यस्ता प्राध्यापकहरू मासिक १० हजार युआनभन्दा बढी तलब सुविधा लिन्छन् । सामान्यतया संसारमै सबैभन्दा सस्तो श्रम बजार भनेर प्रख्यात चीनमा सेवासुविधामा आएको यति ठूलो परिवर्तनलाई सामान्य मान्न सकिादैन । यो त एउटा सानो उदाहरणमात्र हो । झण्डै एक सयभन्दा धेरै पटक चीन भ्रमण गरेको यो पंक्तिकारलाई हरेक पटकको भ्रमणमा चीनको विकास देखेर विश्वास गर्न र पत्याउन गाह्रो हुन्छ । त्यही विशेषताले नै आज चीन विश्वको सर्वशक्तिमान् मुलुकका रूपमा उदाउादै छ । यो धु्रवसत्यलाई जति लुकाउन खोजे पनि लुक्न सक्दैन । पंक्तिकारले सन् १९८४ सम्म चीनमै लगातार बसेर चिनियाा अक्कुपञ्चरमा पोष्ट ग्रेजुयट गरिसक्दासम्म करिब पााच वर्षको अवधिमा चीनको विकास र चिनियााहरूको मुलुकप्रतिको जिम्मेवारी र बफादारी देखेर निकै प्रभावित भएको थियो । त्यसपछिको नियमित चीन भ्रमणका बेला पनि चीनमा द्रुत गतिमा भइरहेको विकासले कुनै नयाा मुलुकमा भ्रमण गरेजस्तो अनुभव हुन्छ यो पंक्तिकारलाई ।

चीनले छोटो समयमा गरेको विकास र प्रगतिलाई वर्णन र गुणगान गाउने शब्द नै फेला पार्न गाह्रो हुन्छ । तर यस्तो विकास त्यति सहजै भने भएको होइन । चिनियााहरूले संसारका अन्य मानिसहरूले गर्न नसकेको कामलाई सम्भव तुल्याइदिने गरेका छन् । चीनले विकास गरेको तीव्र गतिको रेल, ‘वान वेल्ट वान रोड’ जस्तो योजनामार्फत सडकबाट संसारलाई जोड्ने महत्वाकांक्षी योजना, अन्तरिक्षमा गरिरहेको अभूतपूर्व उपलब्धि तथा सुरक्षा तथा आधुनिक हातहतियार लगायतका क्षेत्रमा चीनले गरिरहेको विकास र प्रगति सामान्य मुलुकहरूका लागि कल्पना मात्र हुन सक्छन् ।

चीन हाल संसारकै सबैभन्दा बढी विदेशी मुद्रा सञ्चय गर्ने मुलुकमा पर्छ । चीन आफौले पनि आर्थिक उदारीकरणको नीति अवलम्बन गरिरहेको छ भने विश्वका विभिन्न मुलुकमा पनि चीनले लगानी अभिवृद्धि गरिरहेको छ । अन्य मुलुकहरूमा लगानी बढाइरहेको चीन आफौले पनि वैदेशिक लगानीलाई आकर्षित गरिरहेको छ । आर्थिक उदारीकरणको नीतिलाई अवलम्बन नगरेको भए आज चीनले हासिल गरिरहेको सफलता सम्भव नहुने स्वयं चिनियााहरू पनि स्वीकार गर्छन् ।

चीनले आज जुन सफलता हासिल गरिरहेको छ, यो सफलताको पछाडि चिनियाा नेतृत्वको भूमिका निकै महत्वपूर्ण रहेको छ । चीनका विगतका नेतृत्वले पनि जनताको भावना र उनीहरूको मुलुकप्रतिको समर्पणलाई ध्यान दिादै मुलुकको विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गरे । हालका राष्ट्रपति सी जिङपिङ यस मामिलामा अझ परिपक्व र क्षमतावान् देखिएका छन् । चिनियाा राष्ट्रपति सीले नेतृत्व सम्हालेपछि चीनले हरेक क्षेत्रमा निकै ठूला लक्ष्यहरू प्राप्त गरेको छ । साथै सीले सार्वजनिक गरेको महत्वाकांक्षी परियोजना ‘वन वेल्ट वन रोड’ अहिले विश्वभर चर्चाको विषय बनेको छ । विश्वका शक्तिशाली भनेका पश्चिमा मुुलुक तथा एसियामा समेत उदाउादै गरेको मुलुक भारतले समेत आफ्नै मुलुकको विकासलाई मात्र मध्यनजर राखेर विकास निर्माणका योजनाहरू सार्वजनिक गरिरहादा सीले विश्वलाई नै जोड्ने र सबै मुलुकलाई समान लाभ हुने किसिमको परियोजनालाई महत्व दिनुले चीन सबै मुलुकसाग सुमधुर सम्बन्ध बनाउन चाहन्छ भन्ने पुष्टि गर्न खोजेका छन् । चीनले पछिल्लो समय एसियाली मुलुकहरूसाग पनि सम्बन्धलाई सुमधुर बनाइरहेको छ । छिमेकी मुलुकहरूसागको सम्बन्धलाई सुमधुर बनाउनसके मात्र आफ्नो प्रभावलाई सकारात्मक रूपमा अघि बढाउन सकिन्छ भन्ने सन्देश चीनले दिन खोज्नुमा पनि सीकै भूमिका महत्वपूर्ण देखिन्छ । संयुक्त राष्ट्रसंघको ७०औं महासभामा सीले बोलेका भनाइहरूले पनि यो कुरालाई पुष्टि गरेको देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here