काठमाडौं/ क्रान्तिकारी पत्रकार महासंघको प्रथम राष्ट्रिय सम्मेलन साउन २४ गते काठमाडौंमा सम्पन्न भएको छ । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य ‘किरण’ ले सम्मेलनको उद्घाटन गर्नुभएको थियो । सम्मेलनले इन्द्र राउतको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । सम्मेलनबाट निर्वाचित पदाधिकारीमा अध्यक्ष इन्द्र राउत, उपाध्यक्ष नारायण पंगेनी, महासचिव केशरमणि कटुवाल, सचिव रामकुमार श्रेष्ठ, कोषाध्यक्ष अमिरमैया रञ्जितकार , अनुशासन समिति संयोजक कुमार शाह, प्रशिक्षण समिति संयोजक टेकबहादुर मास्के, लेखा समित संयोजक जयन्ती लुईटेल रहेका छन् ।
सम्मेलनको समापनपछि बसेको पहिलो बैठकले क्रान्तिकारी पत्रकार महासंघको सल्लाहकारमा गोर्की श्रेष्ठ, रामचन्द्र हुमागाइा, कुमार शाह, जयन्ती लुइटेल, टेकबहादुर मास्कीलाई थप गरेको छ भने महासंघको कार्यालय सदस्यमा सचिर महर्जन र लोकराज जैसीलाई मनोनित गरेको छ । बैठकले श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, साना लगानीका सञ्चारमाध्यमको सम्बद्र्धन र जनपक्षीय पत्रकारिताको पक्षमा खरो रूपमा उत्रने निर्णय गरेको छ ।