पार्टीभित्रै कमजोर बन्दै केपी ओली

170

काठमाडौ /एमालेभित्र सदावहार प्रतिपक्षी रहादै आएका केपी शर्मा ओलीलाई उपाध्यक्ष बामदेव गौतमले साथ दिएपछि पार्टीको अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्री समेत बन्ने अवसर मिलेको थियो ।
प्रधानमन्त्री बनेलगत्तै कार्यबाहक अध्यक्षको जिम्मेवारी गौतमलाई दिने भद्र सहमतिविपरीत ओलीले आफूलाई एकलौटी ढंगबाट अघि बढाएपछि गौतमले ओलीको साथ छोड्नुभएको छ । गौतमले साथ छोडेका छन् । ओली पार्टीभित्र सबै मोर्चाहरूमा कमजोर बन्न पुग्नुभएको स्रोतले जनाएको छ । माओवादीको समर्थनमा प्रधानमन्त्री बनेका ओलीले माओवादीलाई नै पेलेर जान थालेपछि माओवादीले उनको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । पार्टीभित्र पनि सहयोगीहरूलाई पेलेर अघि बढ्न खोजेपछि उनी पार्टीभित्र पनि समस्यामा परेका हुन् । पार्टीभित्र अहिले माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमको बलियो समीकरण बनेको छ । यो समीकरणले केपी ओलीलाई संसदीय दलको नेताबाट समेत हटाउने तयारी सुरु गरेको थाहा भएको छ । संसदीय दलमा ओलीले खनाललाई हराएका थिए ।
पार्टीबाटै समर्थन नपाएपछि ओली सरकार ढल्न पुगेको थियो । ओलीले एकलौटी गरेको भन्दै नेपाल र खनालले खुलेर नै आलोचना गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here