‘आईएमई बचत दश लाख’ विजेता घोषणा

199

काठमाडौं– इन्टरनेशनल मनी एक्सप्रेस (आईएमई) प्रालिले ‘आईएमई बचत दश लाख योजना’ अन्तर्गतको बिजेताको नाम घोषणा गरेको छ । रेमिट्यान्स सेवाको पर्यायवाची आईएमईले असोज १ गतेदेखि सञ्चालन गरेको सेवाग्राहीमुखी प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैं आयो खर्च हुन्छ, आईएमई गर्नुहोस् बचत हुन्छ’ भन्ने नाराका साथ प्रस्तुत ‘आईएमई बचत दश लाख’ दुई महिना लामो योजनाअन्तर्गत सुरुका तीन हप्ताका भाग्यशाली बिजेताहरूको नाम सार्वजनिक गरेको हो ।
आईएमईको विश्वव्यापी सञ्जालमार्फत यस अवधिमा प्रवाह भएको अन्तर्राष्ट्रिय एवं आन्तरिक रेमिट्यान्स ट्रान्जेक्सन नम्बरका आधारमा डिजिटल लक्की ‘ड्र’ को प्रयोग गरी दैनिकतर्फ २१ जना र साप्ताहिकतर्फ तीन जना सेवाग्राही बिजेता घोषित भएका छन् ।

बिजेतामा रकम पठाउनेतर्फ मलेसिया, कतार दुबई, बहराइन, साउदी अरब, भारत एवं आन्तरिक रेमिट्यान्स सेवातर्फका सेवाग्राही घोषित भएका हुन् । दैनिक लक्की ‘ड्र’ मा छनोट हुनेलाई पााच हजार र साप्ताहिक लक्की ‘ड्र’ मा छनोट हुने क्रमश: प्रथम हप्ताका लागि भीम नमराज गिरी, दोस्रो हप्ताका लागि तेज बहादुर नेपाल र तेस्रो हप्ताका लागि राजेन्द्र अधिकारीलाई आईएमको तर्फबाट ५०–५० हजार रूपैयााको बचत खाता ग्लोबल आईएमई बैंकमा खोलिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here