काठमाडौं– नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली नेपालको ३८औं प्रधानमन्त्रीका रूपमा निर्वाचित भएपछि छिमेकी मुलुक चीन र भारतबीच बधाई तथा शुभकामना दिनका लागि प्रतिस्पर्धा भएको छ । ओली प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना दिएको एक दिनपछि चिनियाा प्रधानमन्त्री लि खछियाङले ओलीलाई बधाई तथा शुभकामना दिएका छन् ।
मोदीले प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै शुभकामना दिए पनि भारतीय पक्षले नेपालमा दुई सातादेखि नेपालमा नाकाबन्दी गरेर नेपाली जनतालाई दु:ख दिएकाले त्यसलाई नेपालका तर्फबाट पनि खासै ठूलो महत्व दिइएन । तर एक दिनपछि चिनियाा प्रधानमन्त्री लिले दिएको शुभकामनाले नेपाल–चीनबीचको सम्बन्धलाई थप निकट र प्रगाढ बनाउने सहयोग गर्ने आशा जगाएको छ । चिनियाा प्रधानमन्त्री लिले प्रधानमन्त्री ओलीलाई बधाई सन्देश पठाउादै आफू र चिनियाा जनताका तर्फबाट हृदयदेखि नै बधाई तथा शुभकामना दिादै सफल कार्यकालको कामना समेत गरेका छन् । उनले चीन र नेपाल नजिकका घनिष्ट मित्र भएको र दुवै पक्षले मुख्य साझा मुद्दामा आपसी सहयोग गर्दै आएको पनि बताएका छन् । चिनियाा प्रधानमन्त्री लिले दिएको बधाई तथा शुभकामना सन्देशका सामु भारतीय शुभकामना फिक्का देखिएको छ ।
ओली प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै पार्टी कार्यालय धुम्बाराहीमा पुगेर चिनियाा राजदूत ऊ चुन्थाईले बधाई तथा शुभकामना दिएका थिए । त्यसको भोलिपल्ट सोमबार भारतीय राजदूत रञ्जित रायले प्रधानमन्त्री ओलीलाई बिहानै उनकै निवास बालकोटमा पुगेर शुभकामना दिएका थिए । सोमबार सााझ नै चिनियाा राजदूत चुन्थाइले पुन: ओली निवासमै पुगेर शुभकामना दिएका थिए । नेपालमा नयाा प्रधानमन्त्री निर्वाचित भएलगत्तै दुई छिमेकी मुलुकले बधाई तथा शुभकामना दिन प्रतिस्पर्धा गरे पनि चीनले भारतलाई उछिनेको छ ।