काठमाडौं– दक्षिणी छिमेकी मुलुक भारतले विभिन्न बहानामा नेपालतर्फको निर्यातमा रोक लगाई अघोषित नाकाबन्दी लगाउादै सीमा क्षेत्रमा दु:ख दिइरहेको बेला उत्तरी छिमेकी मुलुक चीन भने नेपालसम्म रेल मार्ग जोड्ने तयारीमा जुटेको छ । चीनका दक्षिण एसियाली मामिला हेर्ने विज्ञ प्राध्यापक हु सिसेङले चीन रेलमार्गमार्फत दक्षिण एसियासाग जोडिनका लागि पहिले नेपालसाग जोडिन आवश्यक रहेको भन्दै त्यसका लागि केरुङ–काठमाडौं रेलमार्गको प्रस्ताव चिनियाा सरकारबाट पहिले नै स्वीकृत भइसकेको जनाएका छन् । प्राध्यापक हुले ६० मुलुकलाई रेलमार्गबाट जोड्ने महत्वाकांक्षी रेलमार्गलाई नेपालमार्फत दक्षिण जोडिन चाहेकाले पहिलो प्राथमिकतामा नेपाल परेको जनाएका छन् ।
हुले चीन र भारतका बीचमा सीमा विवाद रहेको र त्यो तत्काल सुधार हुने अवस्था नरहेको तथा चीनको भुटानसाग समेत कूटनीतिक सम्बन्ध नरहेको भन्दै चीनलाई भौतिक रूपमा दक्षिण एसियासाग जोड्ने बाटो नेपालले मात्र दिनसक्ने जनाएका छन् । प्राध्यापक हुले चीनले नेपालसम्म रेलमार्ग जोडेर नेपालबाट भारतको सिक्किम र भुटानसम्म पनि रेलमार्गको तयारी गरिरहेको जानकारी गराएका छन् । भारत र भुटानमा सिधै रेल सञ्जाल जोड्न कठिन रहेको भन्दै उनले नेपालको माध्यमबाट ती मुलुकमा पनि आफ्नो रेल सञ्जाल जोड्ने तयारी रहेको जनाए ।
उनले चीनलाई दक्षिण एसियामा प्रवेश गर्नको लागि नेपाल पुलका रूपमा रहेको समेत जनाए । विशेष गरी पूर्वी दक्षिण एसिया जोडिनका लागि नेपाल चीनको पुलको रूपमा रहेको उनको भनाइ छ । हुले नेपाल र चीनको सम्बन्धका बारेमा भारतले जहिले पनि शंकाको दृष्टिले हेर्ने गरेको भन्दै यसलाई चीनले राम्रोसाग निहालिरहेको जनाए । उनले विगतमा पनि दुई मुलुक मिलेर नेपालमा विभिन्न आयोजना सम्पन्न गरेको र रेलमार्ग निर्माण प्रक्रिया पनि यसरी नै सम्पन्न हुने र यसलाई भारतले स्वीकार गर्नैपर्ने जनाए ।