विश्वमा केही यस्ता परम्परागत मूल्य, मान्यता तथा अन्धविश्वास छन्, जसलाई केही आदिवासीहरूले यद्यपि अँगालिरहेका छन् । तर, अरु सर्वसाधारणलाई भने यो पत्याउनै गाह्रो पर्छ । पपुवा न्युगिनीको साम्बिया आदिवासी समुदायमा पनि यस्तै अनौठो तथा अपत्यारिलो लाग्ने प्रथा कायम छ ।
यो आदिवासी समुदायलाई वीर्य पिउने जाति पनि भनिन्छ । यस आदिवासी समुदायमा केटाहरूमा पुरुषत्व स्थापित गर्नका लागि अनौठो काम गरिन्छ । सात वर्षको उमेरमै बालकहरूलाई महिला तथा बालिकाहरूबाट टाढै राखिन्छ ।
गाउँभरका केटाहरू एकैठाउँमा दश वर्षसम्म बस्छन् । ती १० वर्षमा उनीहरूको छाला सियोले रोपिन्छ । यसरी रोप्नुको मुख्य कारण भनेको उनीहरूले ७ वर्षको उमेरसम्म महिला तथा केटीको संगत गर्दा वा बस्दा जिउमा सरेको प्रदूषण, फोहोर तथा खराबी हटाउनु हो ।
बिचरा ती किशोरहरूलाई जसरी पनि ‘मर्द’ हुनु छ । त्यसकारण उनीहरूलाई आफ्नो दाइ पर्नेसँगै बसेका अन्य किशोरहरूको वीर्य निकालेर नियमित रूपमा खुवाइन्छ । यसरी वीर्य पिउँदा किशोरहरूको जिउ वृद्धि हुने तथा शरीर बलियो हुने मान्यता छ ।
१० वर्षको छुट्टै तथा सकसपूर्ण बसाइँपछि उनीहरूलाई पुनः समुदायमै मिसाइन्छ । त्यसपछि उनीहरूको बिहे गरिन्छ । बिहे पनि पनि उनीहरूले निकै कठीन संस्कार झेल्नुपर्छ । आफ्नी श्रीमती महिनावारी भएको बेलामा पुरुषहरूले नाकमा घाउ बनाएर रगत बगाउनुपर्छ । -जनधारणा साप्ताहिक


















